बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस – OSNepal

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

Osnepal Admin (KTM) January 20, 2022 0

नेपालगञ्ज, ६ माघ-काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement