कोरोनाको यो महामारीमा युवाहरुको तनाव हटाउने यस्तो छ मन्त्र (भिडियोसहित) — OSNepal

कोरोनाको यो महामारीमा युवाहरुको तनाव हटाउने यस्तो छ मन्त्र (भिडियोसहित)

LC (KTM) January 20, 2022 0

काठमार्डाैं ६ माघ । युथ रिडर तथा मोटिभेटर जानकी गुरुङले कोरोनाको यो महामारीमा युवाहरुले आफ्नो क्रियटिभीलाई प्रयोग गर्न जान्नुपर्ने बताएकी छन् ।

बिहिबार ओएस नेपालको इन्टरनेशनल डिसर्कोसमा पत्रकार एचवी ताम्राकारसँगको कुराकानी उनले यस्तो बताएकी हुन् । यो महामारीमा पनि घरबाटै नै आफ्नो सीप र ज्ञानको प्रयोग गर्न सकिने बताएकी उनले यस विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएकी छन् ।

विदेशमा जस्तो १४ देखि १८ वर्ष पुग्दा सम्म जसरी एउटा युवालाई आत्मनिर्भर बनाइन्छ यस विषयमा सरकार तथा राज्यले पनि भ्यान दिन आवश्यक रहेको भन्दै उनले सरकारको ध्यानाषर्ण समेत गराएकी छन् ।

स्वदेशमा युवाहरुलाई आत्मनिर्भर बनाउन सुरुमा सरकारले हरेक कामलाई सम्मान गर्न सिकाउनुपर्ने बताएकी उनले विदेशमा जस्तो जति शिक्षा , सीप भएपनि हरेक कामको सम्मान गर्नुपर्ने बताएकी छन् ।

जबसम्म कामको सम्मान गर्न सकिँदैन तबसम्म युवाको विकास नहुने उनले दावी समेत गरेकी छन् । उनले अर्को फरक प्रसंगमा नेपालका नारीहरुले आफ्नो व्यक्तित्वको विकास गर्नको लागि आफैले नै सुरु गर्नुपर्ने पनि बताएकी छन् ।

नारीलाई वर्तमान समयमा धेरै सुविधा भएकाले यसको सदुपयोग आफैबाट सुरु गर्नुपर्ने भन्दै उनले हरेक कामको सुरुवात आफैबाट गर्नुपर्ने उनले अर्को तर्क अघि सारेकी छन् । जबसम्म आर्थिक रुपमा सबल हुन सकिँदै तबसम्म परिर्वतन सम्भव नभएको बताएकी छन् ।

हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर