जाली नोटसहित सशस्त्र प्रहरीले समात्यो नुरुललाई — OSNepal

जाली नोटसहित सशस्त्र प्रहरीले समात्यो नुरुललाई

LC (KTM) January 21, 2022 0

महोत्तरी- महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।

गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा–२ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली रु एक हजारका जाली नोट दुई थान बरामद गरेको छ भने निजमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर