कोरोना संक्रमणका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित – OSNepal

कोरोना संक्रमणका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित

LC (KTM) January 21, 2022 0

काठमाडौँ, ७ माघ-नेकपा ९माओवादी केन्द्र०को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement