बागलुङ प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखियो – OSNepal

बागलुङ प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखियो

LC (KTM) January 21, 2022 0

गलकोट, ७ माघ – कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो । जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ । अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाका साथै कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रेशम ढकालले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको समन्वयमा स्वास्थ्य परीक्षण र विवरण सङ्कलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
पछिल्ला पाँच दिनमा सङ्क्रमितको सङ्ख्या १४ बाट बढेर २५० पुगेको छ । ‘अहिले तपाईको मास्क खोई ?’ अभियानलगायत चेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement