६ महिनामै गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्न मिल्दैन : प्रदीप पौडेल — OSNepal

६ महिनामै गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्न मिल्दैन : प्रदीप पौडेल

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राष्ट्रिय सहमति भयो भने एकैचोटि हुने तीन तहको चुनावको सम्भावना भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा सहभागी भएका उनले यस्तो बताएका हुन् ।

‘आर्थिक मितव्ययिताको हिसाबले तीनै तहको निर्वाचन एकैचोटि गर्नु पनि उचित हो । तर म छुट्टाछुट्टै गर्नुपर्छ भन्ने पक्षमा छु । ‘उनले भने ।

संवैधानिक व्यवस्था अनुसार रिक्तता नहुने गरी स्थानीय निर्वाचन गरिनुपर्ने बताएका उनले भनेका छन् , ‘समयमै निर्वाचन भएन भने संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै गल्ती हुन्छ । समय भनेकै वैशाख हो । रिक्तता हुन नदिने भनेको पनि वैशाख हो ‘।

कांग्रेस संसद् पूर्ण अवधि चल्नुपर्छ भन्ने पक्षमा भएकाले अहिले संसद्मा स्थानीय तहको निर्वाचन बारे पनि छलफल गर्नुपर्नेमा संसद अहिले नकेपा एमालेको अवरोधका कारण ताल गलाएको जस्तो भएको उनले बताएका छन् ।

संसद्बाट समाधान खोजिन लोकतान्त्रिक व्यवस्थाको विशेषता हो । तथापी , केपी ओली नै यो संसद्को निरन्तरता नचाहेको बताएका उनले कार्यक्रममा भनेका छन्, ‘दलीय व्यवस्थामा असहमति हुन्छन् कुनै पनि विषयमा । असहमतिलाई सहमतिमा लैजाने, छलफल र प्रक्रियाबाट टुंग्याउनुपर्ने हो । अब संसद् खोलेर स्थानीय तहको निर्वाचन समयमै गराउनुपर्छ ।’

६ महिनामै गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्न नहुने उनले टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर