गठवन्धन सरकारबाट ललिता निवास जग्गा हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरियो : ओली — OSNepal

गठवन्धन सरकारबाट ललिता निवास जग्गा हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरियो : ओली

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ललिता निवास जग्गा प्रकरणमा मुछिएका सबैलाई उन्मुक्ति दिन लागेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आइतबार एक विज्ञप्ती जारी गर्दै वर्तमान सरकार असफलको दिसा तर्फ लागेको भन्दे यस्तो आरोप लगाएका हुन् । ओलीले १५ बुँदे विज्ञप्ती जारी गर्दै वर्तमान गठवन्धन सरकार ६ महिनामै असफल भएको दावी गरेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा दिएको अभिव्यक्ति प्रति अशन्तुष्ट जनाउँदै ‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनामा संलग्न सबैलाई उन्मुक्ति दिन लागेको आरोप लगाएका हुन् ।

विज्ञप्तीको  १३ को   बुँदामा भनिएको   छ, 'ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ’थप अनुसन्धान का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ ।’

उद्यमी–व्यवसायीलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा एमालेलाई स्वीकार्य हुन नसक्ने ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर