स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल इल्चे संग बराबरीमा रोकियो — OSNepal

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल इल्चे संग बराबरीमा रोकियो

LC (KTM) January 23, 2022 0

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड ईल्चे संग बराबरीमा रोकिएको छ । आइतबार राति भएको सम्पन्न खेलमा रियल मड्रिडले इल्चेसँग २दुएै दुई गोलको बराबरी खेलेको हो ।घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो ।खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो ।

बेन्जिमाले बाहिर प्रहार गरे ।तर, खेलको ४२ औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई एक शुन्यको अग्रता दिलाए ।खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई दुई शुन्य को अग्रता दिलाए ।खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई दुई एकको स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई दुइ दुई गोलको स्थितिमा ल्याउदै हारबाट जोगाए। यस बराबरीसँगै रियलले २२ खेलमा ५० अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ ।इल्चे २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर