१९ पदका लागि भोली बिहान ९ बजे बाट सुरु हुने राष्ट्रिय सभाको निवार्चनको लागि कहाँ कहाँ राखियो मतदानस्थल ? — OSNepal

१९ पदका लागि भोली बिहान ९ बजे बाट सुरु हुने राष्ट्रिय सभाको निवार्चनको लागि कहाँ कहाँ राखियो मतदानस्थल ?

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । माघ १२ अर्थात भोली हुने राष्ट्रिय निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा भएको छ । १९ सिटको लागि भएको हुने निर्वाचनको लागि सातै प्रदेशमा आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि १९ मतदान स्थल तोकिएको छ ।

बुधबार बिहान ९ बजे देखि सुरु हुने मतदान अपरान्ह्र ३ बजे सम्म सुचारु हुने आयोगले जनाएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

त्यसैगरी , मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय तोकिएको आयोगले जनाएको छ ।

साथै ,पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको समेत आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर