राष्ट्रिय सभा निवार्चन : प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान नगर्न राप्रपाको जनप्रतिनिधिलाई आग्रह — OSNepal

राष्ट्रिय सभा निवार्चन : प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान नगर्न राप्रपाको जनप्रतिनिधिलाई आग्रह

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । राष्ट्रिय सभा निवार्चनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश १ मा आफ्नो पार्टीको उम्मेदवार भएकोले मात्र मतदान गर्ने भएको छ ।

महामन्त्री भुवन पाठकले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको सोमबार बसेको पदाधिकारीको बैठकले यस्तो निणर्य गरेको हो । बैठकमा प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान नगर्न राप्रपाले आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

राप्रपाले अन्य प्रदेशमा आफ्नो उम्मेदवार दिएको छैन । प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाइएको छ । महामन्त्री भुवन पाठकले आज एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देश्न दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ , ‘अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर