कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बस्दै आएका अध्यक्ष ओलीको अवस्था सामान्य — OSNepal

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बस्दै आएका अध्यक्ष ओलीको अवस्था सामान्य

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । कोरोना संक्रमण पुष्टि भएपछि चार दिन देखि आफ्नै निजी निवास बालकोटमा आइसोलेसनमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबार केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले एक विज्ञप्ति गर्दै कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् ।

‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर