काठमाडौं ११ माघ । नेपालमा ५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या १५ पुगेको छ ।
जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ सय भन्दा बढी संक्रमित हुनेको संख्या काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, धनुषा,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
यसैगरी, २ सय भन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १७ पुगेको छ । जसमा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।
आज मात्रै १२ हजार भन्दा बढी कोरोना संक्रमतिको पुष्टि भएको छ । हाल देशभर होम आइसोलेसनमा ८७ हजार ११७ जना, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आईसीयूमा २४५ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको मन्त्रालयल जनाएको छ ।