युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो - चिन्ता बढाउने कदम — OSNepal

युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो – चिन्ता बढाउने कदम

LC (KTM) January 25, 2022 0

काठमाडौं, ११ माघ-रूसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ ।युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभइ अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए ।यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा रखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो ।

अमेरिका र यूरोपका केही देशले रूसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालनमाथि प्रश्न उठाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर