कठै, आफ्नो छोरीले गाएको गीत सुन्ने बेलामा कान नै सुन्न छोडे राम बहादुरले , भ्वाइस अफ किड्सको टप १६ सम्म पुगेकी टेरेसा बिश्वकर्माको वुवाको मर्मस्पर्शी कहानी — OSNepal

कठै, आफ्नो छोरीले गाएको गीत सुन्ने बेलामा कान नै सुन्न छोडे राम बहादुरले , भ्वाइस अफ किड्सको टप १६ सम्म पुगेकी टेरेसा बिश्वकर्माको वुवाको मर्मस्पर्शी कहानी

LC (KTM) January 26, 2022 0

भ्वाइस अफ किड्सको टप १६ सम्म पुगेकी टेरेसा बिश्वकर्माको मन्त्रमुग्ध पार्ने स्वर त सबैले सुन्नु नै भएको होला । दैलेखकी यी ९ बर्षिया बालिका भ्वाइस अफ किड्सको भोटिंग राउण्डमा पुगेपछि फ्यालिएकी थिईन् । दर्शक तथा स्रोताले उनको कर्णप्रिय आवाजलाई अझै भुलेका छैनन् । यति मिठो स्वरकी धनी टेरेसाको आवाज भने उनकै बुवा राम बहादुर बिश्वकर्माले भने सुन्न पाएनन् ।

टेरेसालाई यो रियालिटी शो सम्म पुर्याउन उनकै बुवाले अथक मेहनत त गरे जब छोरीले गीत गाएको सुन्ने बेलामा उनको कानमा समस्या आयो । उनले आफ्नै छोरीले स्टेजमा गाएको सुन्न पाएनन् । राम बहादुरलाई एक पछि अर्काे बज्रपात आफ्नो जिवनमा पर्दै गयो । उनी ८ बर्षको हुँदा मुटुमा समस्या देखिएर अनेक गरेर मुटुको भल्भ त फेरे तर अहिले फेरी कान सुन्न छोडेका छन् । त्यतिमात्र हैन उनको खुट्टा पनि बिस्तारै सुक्दै गएको छ ।

उनको कानको उपचार नेपालमै संभव रहेको र यसका लागि १६ लाख लाग्ने टिचिंग हस्पिटलले समेत जनाई सकेको अवस्थामा उनै राम बहादुरकी श्रीमती शिवा बिश्वकर्मा र टेरेसा आफ्नो बुवाको उपचारका लागि दयालुहरुको ढोका ढक ढक्याईरहेका छन् । प्रस्तुत छ ओएस नेपालले बिश्वकर्मा परिवार संग गरेको यो कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर