मन्त्री रेणु यादवविरुद्ध राज्य विरुद्धको कसुरमा अनुशन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी — OSNepal

मन्त्री रेणु यादवविरुद्ध राज्य विरुद्धको कसुरमा अनुशन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । जनता समाजवादी जसपाकी नेत्रृ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

उनी विरुद्ध पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै राज्य विरुद्धको कसुरमा अनुशन्धान गर्न माग गर्दै प्रहरीमा उजुरीमा हालेका हुन् ।

गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

नेता कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर