थप आठ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृत्यु – OSNepal

थप आठ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृत्यु

Osnepal Admin (KTM) January 27, 2022 0

काठमाडौँ , १३ माघ -पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा काेराेना संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.