दाङमा आँखाको नानी प्रत्यारोपण सुरु — OSNepal

दाङमा आँखाको नानी प्रत्यारोपण सुरु

LC (KTM) January 27, 2022 0

दाङ, १२ माघ-दाङको तुल्सिपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएको हो ।

अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डा. ज्योती सापकोटाले जानकारी दिए ।

एक महिना अगाडि कुमालको आँखामा मकैका कारण नानीमा चोट लागेको थियो । आँखाको नानीमा चोट लागेर औषधिले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया गरिएको डा. सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर