ट्यारोकार्ड बाट भबिष्य हेर्ने नेपालकै पहिलो महिला क्षमता ढकाल, भाग्य भबिष्य हेराउन बिदेश बाट समेत आउँछन् — OSNepal

ट्यारोकार्ड बाट भबिष्य हेर्ने नेपालकै पहिलो महिला क्षमता ढकाल, भाग्य भबिष्य हेराउन बिदेश बाट समेत आउँछन्

LC (KTM) January 28, 2022 0

आफ्नो भाग्य भबिष्य जान्न हर कोहि लाई ईच्छा हुन्छ । हुन त धार्मिक ग्रन्थ गिताले कर्म गर फलको आशा नगर , कर्ममा बिश्वास गर त भन्छ तर पनि कर्म संग संगै भाग्य पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने धेरैको मान्यता रहि आएको छ । त्यसैले चिना टिपन देखाउने, हात हेराउने जस्ता कार्यमा बिश्वास रहि नै आएको छ । यसैक्रममा अहिले बिश्वमा ट्यारोकार्ड बाट भाग्य भबिष्य हेर्ने चलन एकदमै बढि रहेको छ ।

नेपालकै पहिलो महिला ट्यारोकार्ड रिडर क्षमता ढकाल अहिले चर्चाको शिखरमा रहेकी छिन् । उनले ७८ वटा ट्यारोकार्ड बाट भबिष्यवाणी गर्ने गरेकी छिन् । लण्डन स्कुल अफ एस्ट्रोलोजी बाट उनले ट्यारोकार्ड सम्बन्धी २ बर्षको अध्ययन समेत गरेकी छिन् । उनी संग आफ्नो भबिष्य हेराउन देश बिदेश बाट समेत आउने गरेको बताईन् ।

उनले भनिन्– बिश्वास गरेरै त होला नि म संग भारत, बंगलादेश, श्रीलंका, नाइजेरिया लगायतका देश बाट भबिष्य हेर्न आउनु हुन्छ । उनले यस बिषयका लागि डिप स्टडी संगै साइकीक कुराको खाँचो पर्ने बताईन् । हातको एनर्जी बाट सबै कुरा कार्ड सफल गरेर भन्न सकिने उनले बताईन् । १५ बर्ष सम्म बेलायत बसेर नेपाल आएकी उनै क्षमता ढकाल संग ओएस नेपालले लिएको अन्र्तबार्ता तलको लिंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर