इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै — OSNepal

इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै

LC (KTM) January 28, 2022 0

मस्को [रूस],१४ माघ, -युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् ।फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ।

। यदि त्यसो भयो भने यी प्रतिबन्धहरूले रुसी ऊर्जा क्षेत्रमा लगानी गर्ने बीपी, टोटल र शेल जस्ता युरोपेली दिग्गजहरूलाई असर गर्नेछ।पछिल्ला केही महिनाहरूमा पश्चिम र युक्रेनले रुसमाथि आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना केन्द्रित गरेको आरोप लगाएका छन्। यता रुसले भने बारम्बार युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ भने उसलाई आफ्नै क्षेत्रमा सेना सार्ने अधिकार छ भन्ने कुरामा जोड दिँदै आएको छ।(रासस-एएनआई/स्पुतनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर