एमसीसीको कारण संसद बैठक १० दिन पर सारियो, गठवन्धनले नै दिएन देउवालाई साथ — OSNepal

एमसीसीको कारण संसद बैठक १० दिन पर सारियो, गठवन्धनले नै दिएन देउवालाई साथ

LC (KTM) January 30, 2022 0

काठमाडौं १ट माघ । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) रोक्न भन्दै आज आइतबार बस्ने संसद बैठक दब दिनका लागि स्थगित गरिएको पाइएको छ ।

अमेरिकाले एमसीसी पास गर्न दिएको फेब्रुअरी १ अर्थात माघ १८ गते आउँन दुई दिन बाँकी रहँदा आज बस्ने संसद बैठक स्थगित गरिएको हो ।

आज बस्ने संसद बैठकमा एमसीसीको विषयमा अगाडी बढाउने हिजो शनिबार साँझ नै सत्ता गठवन्धनको बैठकमा छलफल भएपछि कोरोनाको संक्रमणको कारण देखाउँदै संसद बैठक स्थगित गरिएको निकट स्रोतको दावी रहेको छ ।

शनिबार साँझ बसेको बैठकमा एमसीसीको समय सकिन लागेको भन्दै प्रधानमन्त्री देउवालै एमसीसी पारित नभएर गठवन्धन टुट्ने समेतख चेतावनी दिएका थिए ।

तथापी, माओवादी केन्द्र एकिकृत समाजवादी पार्टी एमसीसी पास गर्ने पक्षमा छैन भने बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई साथमा लिएर पनि एमसीसी पास गर्ने बहस चलेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुखमार्फत संसद बैठक नै स्थगित गर्न लगाएका हुन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा एमसीसी अध्ययन समितिका झलनाथ खनालले पनि प्रधानमन्त्रीले एमसीसी अनुमोदन गर्न दबाव दिएकै कारण प्रतिनिधिसभाको बैठक सार्न लगाइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर