स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता गठवन्धनको भर छैन : शेरबहादुर तामाङ — OSNepal

स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता गठवन्धनको भर छैन : शेरबहादुर तामाङ

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता शेरबहादुर तामाङले स्थानीय तहको निर्वाचन गर्ने भनेपनि गठवन्धन सरकारले निर्वाचन नगरेसम्म भर नहुने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् ।

सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा आएपनि सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्ने बताएका छन् ।

‘ दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन् । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ ।मन्त्रिपरिषदले निर्णय गरेको छैन् । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्नेतर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्धिविधिा छैन् ।’ उनले भने ।

गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको आरोप लगाएका उनले बैशाखभित्रै निर्वाचन हुनुपर्ने चाँडै मिति समेत घोषणा गनुपर्ने बताएका छन् ।

‘निर्वाचन सारेर निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि चयन गर्ने जनताको अधिकार कुण्ठित गर्न मिल्दैन् । उहाँहरुले ऐन संशोधन गर्न खोजेको हो भने पार्लियामेन्टमा कसरी आउनुहुन्छ ? संविधानको धारा र स्थानीय तहको ऐन कुनैपनि हालतमा बाझिएको छैन् । बाझियो भन्ने कुरा नै निर्वाचन सार्ने कुरा हो ।’उनले अघि भने ।

संविधानको धारा र स्थानीय तहको ऐन कहि कतै नबाँिझएको दावी समेत उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर