कांग्रेसले स्थानीय तह निर्वाचनको लागि गठवन्धनसँग सहमति गर्नु आवश्यक छैन : शेखर कोइराला — OSNepal

कांग्रेसले स्थानीय तह निर्वाचनको लागि गठवन्धनसँग सहमति गर्नु आवश्यक छैन : शेखर कोइराला

LC (KTM) January 30, 2022 0

विराटनगर १६ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय निर्वाचनको लागि गठवन्धनको आवश्यकता नभएको बताएका छन् ।

आइतबार विराटनगर स्गिथत आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

सरकारले स्थानीय तहको निर्वाचन गर्दा गठवन्धनसँग सहमति गर्नु नपर्ने बताएका उनले सरकारले सिधैं निर्वाचन आयोगसँग सहमति गरेर मिति तोक्नुपर्ने बताएका छन् ।

‘लोकतन्त्रमा आवधिक निर्वाचनले महत्वपूर्ण सन्देश दिने भएकाले ऐन कानून संसोधन गर्नुपर्ने आवश्यकता छैन’उनले भनेका छन् ।

सरकारले चौतर्फी दवाव पछि जेठमा निर्वाचन गर्न तयार भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर