मलाई पार्टीबाट अलग्याउने काम भयो : कमल थापा — OSNepal

मलाई पार्टीबाट अलग्याउने काम भयो : कमल थापा

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई लक्षित गर्दै ध्यानाकर्षण गराएका छन् ।

नेता थापाले आफुलाई पार्टीको महाधिवेशन पनि कुनै पनि कार्यक्रममा आफुलाई सहभागी नगराएको भन्दै आफुलाई पार्टीबाट अलग्याउने काम भएको आरोप लगाएका छन् ।

राजसंस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर सक्नुपर्ने थापाले बताएका छन् ।

आफुले मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनस् आग्रह थापाले आग्रह गरेका छन् ।

फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु उनले भनेका छन् ।

‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर