भ्रममा नपरौं ; एमसीसी पारित गर्न सहमत भएका छैनौं : नारायणकाजी — OSNepal

भ्रममा नपरौं ; एमसीसी पारित गर्न सहमत भएका छैनौं : नारायणकाजी

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणाजी श्रेष्ठले एमसीसी पारित गर्न सहमत नभउको स्पष्ट पारेका छन् । नेता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित नगरे गठवन्धन तोडिन्छ नभनेको स्पष्ट पारेका उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन। ‘ उनले भनेका छन् ।

शनिबार साँझ बसेको बैठकमा देउवाले एमसीसी पारित नभएर गठवन्धन तोडिन्छ भन्ने सामाचार आएपछि उक्त बैठकमा सहभागी भएका नेता श्रेष्ठ त्यसको खण्डन गरेका हुन् ।

यही माघ १८ गते अमेरिकाले एमसीसी पारित गर्न दिएको समय सन्दिै लाग्दा दवावमा परेका देउवालाई भने गठवन्धनबाट असहयोग हुँदै आएको छ ।

‘कुनै भ्रममा नपरौं ; प्रमले एमसिसिसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।
गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन। ‘ उनले भनेका छन् ।

माओवादी आज पनि यथास्थितिमा एमसीसी पारित हुँदैन भन्दै आएको छ । नेकपा एकिकृत समाजवादी पार्टीले पनि एमसीसी पारित हुन सक्दैन भन्दै आएको छ । स्रोतका अनुसार आज आइतबार बोलाइएको संसद बैठक पनि एससीसी कै कारण स्थगित गरिएको बताइएको छ ।

नेता श्रेष्ठको टुवीट : कुनै भ्रममा नपरौं स प्रमले एमसिसिसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर