पुर्व प्रधानमन्त्री ओलीको गृहनगर बाटै छेड्यो माओबादी केन्द्रले यस्तो अभियान , जहाँ समस्या, त्यहाँ माओवादी अभियानको थालनी — OSNepal

पुर्व प्रधानमन्त्री ओलीको गृहनगर बाटै छेड्यो माओबादी केन्द्रले यस्तो अभियान , जहाँ समस्या, त्यहाँ माओवादी अभियानको थालनी

LC (KTM) January 30, 2022 0

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर बाटै नेकपा माओवादी केन्द्र दमकले एउटा फरक र सान्दर्भिक अभियानको थालनी गरेको छ । जतिसुकै राजनितीक परिवर्तन आए पनि जनताको जिवनस्तर माथि उस्कन नसकेको र अनेकौ समस्यामा जेलिएको सनदर्भमा माओबादी केन्द्रले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ नामको अभियानको थालनी गरेको हो ।

लामो समय देखि समस्यामा जेलिदै आएका जनता लाई मध्यनजर गर्दै समस्या भएको स्थानमा तत्काल माओवादी पार्टीका कार्यकर्ता पुगेर समाधान गर्ने योजना बनाइएको माओवादी केन्द्र दमक नगर समितिका अध्यक्ष रबि बस्नेतले बताए । अध्यक्ष बस्नेतले महाधिवेशनपछि कार्यकर्तामा थप ऊर्जा ल्याउन एक वर्षे कार्ययोजना प्रस्तुत गर्दै ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियानको थालनी गरेको बताए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् ।

उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । जनतालाई परेको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भने । जनताका समस्याका माझ जानकै लागि अभियानको सुरुवात गरेको उनको दाबी थियो । जनताका साना तिना समस्यालाई साथ दिनु पार्टीको दायित्व रहेको बताउँदै उनले अब पार्टी वर्गाीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित हुने जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । ओलीको गृहनगर बाटै छेडिएको यो प्रभावकारी अभियानलाई स्थानीय जनताले पनि चासोका साथ हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर