कुनै पार्टीको आड लागेर चुनाव जितिन्छ भनेर राष्ट्रिय जनमोर्चा पार्टी गठन गरेको होइन : अध्यक्ष केसी — OSNepal

कुनै पार्टीको आड लागेर चुनाव जितिन्छ भनेर राष्ट्रिय जनमोर्चा पार्टी गठन गरेको होइन : अध्यक्ष केसी

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । सत्तापक्षका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगरेनि आफ्नो पार्टी रुनेवाला नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा अध्यक्ष केसीले कुनै पार्टीको आड लागेर चुनाव जितिन्छ भनेर राष्ट्रिय जनमोर्चा पार्टी गठन नगरेको दावी गरेका छन् ।

उनले भनेका छन् , ‘कसको आड लागेर चुनाव जितित्छ भने राष्ट्रिय जनमोर्चा बनेको पनि होइन । चुनाव जितेकाले के के उत्पात गरेका छन् र ?’

‘कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौं । २०७४ मा एक्लै गएको कांग्रेसले २३ सिटमा खुम्चिएको किन बिर्सिएको हो ?’

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई घाटमा पुर्याउनका लागि गठबन्धन बनेको बताएका उनले कार्यक्रममा उनले अझैं यसको आवश्यकता रहेको पनि औंलाएका छन् । गठबन्धन ओलीको प्रतिगमनलाई घाटमा पुर्याउन बनेको हो । यसले प्रतिगमनलाई धुलो चटाएको छ । अहिले पनि ओलीले धुन्धुकारी प्रवृत्ति छाडेका छैनन् । संसद् चल्न दिएका छैनन्, भाँडभैलो गरिरहेका छन् । त्यसैले गठबन्धनको औचित्य सकिएको छैन ।” उनले अघि भने ।

अमेरिकाले एमसीसी पास गराउन घोक्रो हात राखेर लागि परेको बताएका उनले यसलाई पारित गर्न वर्तमान प्रधानमन्त्री शेरबादुर देउवा मात्र नभएर ओली पनि ज्यान फ्लोरै लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर