१२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्री खाँडले गरे टेलिफोन वार्ता — OSNepal

१२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्री खाँडले गरे टेलिफोन वार्ता

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । जिल्लाको शान्ति सुरक्षाको अवस्थाको विषयमा र कोरोना संक्रमणबाट प्रहरीमा परेको प्रभावको विषयमा जानकारी लिन गृहमन्त्री खाँडले प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका हुन् ।

खाँडले आज सोमबार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वाताृ गरी जिल्लाको वर्तमान स्थितिबारे जानकारी लिएका हुन् ।

साथै गृहमन्त्री खाँडले टेलिफोन वार्तामा शित लहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण कसरी हुन्छ भन्ने विषयमा समेत जानकारी लिएका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर