भीव रावलले लेखे एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र (पत्रसहित) — OSNepal

भीव रावलले लेखे एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र (पत्रसहित)

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । नेकपा एमालेका नेता डा भीम रावलले समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दे नेता रावलले यस्तो बताएका हुन् ।

‘हामीले संविधान र ऐन निर्माण गर्दा स्थानीय तहको निर्वाचन गर्ने कुरा गरेका छौं, हामीले यस (स्थानीय तह) ले पाँच वर्ष अवधि पूरा गरेपछि निर्वाचन गर्ने कुरामा सहमति जनाएका हौं । यो निर्वाचनमा जाने कुरामा कानून र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु हुँदैन् भन्ने मेरो स्पष्ट धारणा छ ।’ उनले भनेका छन् ।

आफुहरु संवेदशीनल भ–ूराजनीतिक अवस्थामा भएकाले कुनैपनि शक्ति राष्ट्रसँग जान नमिल्ने बताएका उनले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको पनि बताएका छन् ।

‘हामी संवेदशीनल भ–ूराजनीतिक अवस्थामा छौं । हाम्रो देश कुनैपनि शक्ति राष्ट्रसँग जान मिल्दैन् ।, उनले अघि भनेका छन् , ‘ यदि संसद एमसीसी प्रस्तुत् भए आफु त्यसको विपक्षमा मतदान गर्ने’ समेत नेता रावलले स्पष्ट पारेका छन् ।

नेता बाबुराम भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गरेको बताएका रावलले अहिले त्यही भएर बाबुराम एमसीसी पास गर्न हतारमा देखिएको पनि बताएका छन् ।

नेता रावलले एमसीसीको विषयमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई आफ्नो स्पष्ट स्मृतिपत्र लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर