आफ्नै सांसदले मत नदिँदा हार व्यहोरेको एमालेले प्रदेश १मा भएको अन्तरघातबारे छानविन गर्ने — OSNepal

आफ्नै सांसदले मत नदिँदा हार व्यहोरेको एमालेले प्रदेश १मा भएको अन्तरघातबारे छानविन गर्ने

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश १मा भएको अन्तरघातबारे छानविन गर्ने भएको छ ।आज सोमबार पार्टी कार्यालय थापथलीमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निणर्य गरेको हो ।

यही माघ १२ गते भएको राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेशमा १ मा महिलातर्फ सुमित्रा भण्डारी र अन्य तर्फ गुरु बरालले एमालेकै प्रदेशसभा सदस्यहरुकै मत नपाएका कारण पराविजत भएका थिए ।

यो विषयमा सत्य तथ्य छानविन गर्ने बैठकमा निणर्य भएको बताइएको छ । प्रदेश १ मा ४० जना सांसद रहेको एमालेको निर्वाचनमा भने ३८ जनाले मात्र बराललाई मत दिएका थिए ।

तथापी, दुई मत नदिए पनि गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर ४,४८८ मत बरालले ल्याएका थिए । तर गोला प्रथाबाट बस्नेत नै विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर