आफ्नो पार्टीको माग पुरा नभए सम्म एमसीसी पारित गर्न एमालेले सहयोग गर्छ भन्ने भ्रममा नपर्नु — OSNepal

आफ्नो पार्टीको माग पुरा नभए सम्म एमसीसी पारित गर्न एमालेले सहयोग गर्छ भन्ने भ्रममा नपर्नु

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभए सम्म अन्य एजेण्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने सामाचार बाहिरिएपछि नेता पोखरेलले यस विषयमा भ्रममा नपर्न भन्दै जानकारी गराएका हुन् ।

‘जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुनेकुरा छैन । भ्रम नछरौ । ‘ उनले भनेका छन् ।

पार्टीले माधव नेतापल सहित १४ जना सांसदलाई कारवाही गरेको सुचना सभामुख अग्निप्रसाद सापकोटाले संसद् सचिवालयमा नटाँसेको भन्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

पोखरेलले लेखेका छन् , जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुनेकुरा छैन । भ्रम नछरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर