दक्षिण कोरिया बिश्वकपका लागि छनौट — OSNepal

दक्षिण कोरिया बिश्वकपका लागि छनौट

LC (KTM) February 01, 2022 0

दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई दुई शुन्य गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपमा छनौट भएको हो । दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोलको योगदान दिए ।खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई दुई शुन्यको जित दिलाए । आजको यस जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ । तेस्रो चरणको छनोटको समूह ए मा रहेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर