आफ्नै प्रेमिकालाई लछार पछार गरेर पिट्दै बलात्कार गर्ने म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड ग्रीनउड जमानतमा रिहा — OSNepal

आफ्नै प्रेमिकालाई लछार पछार गरेर पिट्दै बलात्कार गर्ने म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड ग्रीनउड जमानतमा रिहा

LC (KTM) February 02, 2022 0

आफ्नै प्रेमिकालाई लछार पछार गरेर पिट्दै बलात्कार गर्ने इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड जमानतमा रिहा भएका छन् । प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा उनलाई इंग्ल्यान्ड प्रहरीले पक्राउ गरेको थियो । प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेकि थिईन् ।

रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो । त्यसपछि यस केसमा प्रहरीले चासो देखाएको थियो । विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर