भारतीय राष्ट्रिय टिमका क्रिकेट खेलाडीमा कोरोना संक्रमण — OSNepal

भारतीय राष्ट्रिय टिमका क्रिकेट खेलाडीमा कोरोना संक्रमण

LC (KTM) February 02, 2022 0

कोरोना संक्रमण अझै पनि रोकिएको छैन । यसले हरेक क्षेत्रहरुलाई प्रभाव पारिरहदा खेलकूदको क्षेत्रमा पनि असर देखिएको छ । यसैक्रममा वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा रहेका भारतका ४ खेलाडीसहित ७ जना कोभिड १९ को संक्रमण देखिएको छ ।

वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा हुने सिरिज अघि भारतका शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।आधा दर्जन खेलाडीमा कोभिड देखिएपछि भारतीय टोली अहमदाबादमा क्वारेन्टिनमा बसेका छन् ।

भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ । यस्तै फेब्रुअरी १६ मा पहिलो टी ट्वान्टी हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर