दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा — OSNepal

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा

LC (KTM) February 03, 2022 0

काठमाडौं, २० माघ-फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे ।

पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर