साल्भाडोरलाई हराउँदै क्यानडा बिश्वकप फुटबलको नजिक — OSNepal

साल्भाडोरलाई हराउँदै क्यानडा बिश्वकप फुटबलको नजिक

LC (KTM) February 03, 2022 0

फिफा विश्वकप छनोटमा क्यानडाले महत्वपुर्ण जित निकालेको छ । कतारमा आयोजना हुने बिश्वकपको छनौटका लागि भएको प्ले अफ अन्तर्गत क्यानडाले एल साल्भाडोरलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो । क्यानडाको जितमा एटिबा हचिन्सन र जोनाथन डेभिडले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा हचिन्सनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा डेभिडले गोल गर्दै क्यानडालाई दुई शुन्यको जित दिलाए । यस जितसँगै क्यानडा विश्वकपको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अंक जोडेको छ । साल्भाडोर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर