बिश्वकप छनोट खेलमा अमेरिका बिजयी — OSNepal

बिश्वकप छनोट खेलमा अमेरिका बिजयी

LC (KTM) February 04, 2022 0

कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अमेरिकाले होन्डुरसलाई पराजित गरेको छ । कोन्काफ छनोटको प्ले अफ अन्तर्गत अमेरिकाले होन्डुरसलाई तीन शुन्य गोल अन्तरले पजित गरेको हो ।अमेरिकालाई जित दिलाउन वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा म्याककेनीले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा वाल्करले अमेरिकाको अग्रता दुई शुन्य को बनाए । त्यसपछि खेलको ६८ औं मिनेटमा पुलिसिचले गोल गर्दै अमेरिकालाई तीन शुन्यको जित दिलाए । यस जितसँगै अमेरिकाले ११ खेलमा २१ अंक जोडेको छ । अमेरिका अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।अमेरिकाको विश्वकपमा पुग्ने सम्भावना कायम छ ।होन्डुरस ३ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर