विश्वकै यी धनाड्य सुनकै कार चढ्छन्, सुनकै महलमा बस्छन्, उनीसँग छन् ७ हजार कार — OSNepal

विश्वकै यी धनाड्य सुनकै कार चढ्छन्, सुनकै महलमा बस्छन्, उनीसँग छन् ७ हजार कार

LC (KTM) February 04, 2022 0

काठमाडौं । एउटा मानिससँग कतिवटा कार हुनसक्लान् ? १० २० वा १ सय ? हामीले देखेका सुनेका मानिसहरु वा धनाड्यहरुसँग धेरै भए १ वा २ सय कार वा गाडीहरु होलान् । तर दुनियका यी अनौठा धनाड्यसँग लगभग ७ हजार कारहरु छन् ।

यी ७ हजार कारका मालिक हुन् हसनल बोलकिया । रोल्स रोयस, मर्सिडिज, फेरारी, बेन्टले लगायतका कारहरुका मालिकसँग हिरा र सुनबाट बनेको छ महल समेत रहेको छ । ब्रुनईमा शासन गरेको ५० वर्षभन्दा बढी लामो समयमा यी धनाड्यले सुनबाट बनेको कार चढ्छन् ।

६ सयभन्दा बढी रोल्स रोयस, ५७० वटाभन्दा बढी मर्सिडिज बेन्ज, ४ सय ५० वटा फेरारी, ३ सय ८० वटा बेन्टल, १ सय ३४ वटा कोयनिगेग्स र अन्य कारहरुका मालिक हसनल बोलकिया ब्रुनई ९बोर्नियो द्वीप अन्तरगतको एउटा देश० का वर्तमान सुल्तान तथा प्रधानमन्त्री हुन् ।

तेल र प्राकृतिक ग्यास नै मुख्य आयास्रोत भएका हसनलसँग करिब १४ हजार ७ सय करोड भारतीय रुपियाँ रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर