पशुपति क्षेत्रमा अवैध फूल–उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम — OSNepal

पशुपति क्षेत्रमा अवैध फूल–उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम

LC (KTM) February 04, 2022 0

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिइएको छ ।

पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल–उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो ।

कोषका अनुसार मुख्यतः सौर्य दैनिकमा खबर छ । पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउन पर्नेछ ।

१५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर