यी व्यक्ति जो जहाजको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे — OSNepal

यी व्यक्ति जो जहाजको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे

LC (KTM) February 04, 2022 0

काठमाडौं । दक्षिण अफ्रिकाबाट उडेको विमानले जोहेनस्वर्गमा ल्याण्ड गर्यो । ११ घण्टा लामो उक्त दुरीमा विमानको नोज ह्विलमा ९विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा० मा एक व्यक्ति लुकेर बसेको रहस्य बल्ल प्रहरीले थाहा पायो ।

ई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई प्रह्री र विमानस्थल स्रोतले समेत अचम्मको घटनाका रुपमा हेरिरहेको छ ।

अत्यधिक हावा र अक्सिजनको अभावमा पाङ्ग्रामा झुन्डिएर यात्रा गर्ने ति मानिसलाई अस्पताल लगेर उपचार समेत सुरु गरिएको छ ।

जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको र पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुसन्धामा खटिएका अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर