प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चौथो पटक ठूलो हिमपात, टाढा टाढाबाट आएका तीर्थ यात्रीहरू प्रभावित — OSNepal

प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चौथो पटक ठूलो हिमपात, टाढा टाढाबाट आएका तीर्थ यात्रीहरू प्रभावित

LC (KTM) February 04, 2022 0

ताप्लेजुङ, २१ माघ-ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले बाटो पुरिएपछि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ुआज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभार मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ,ु उनले भने ।

पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनको भनाइ छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भएको हो ।

यता समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका(७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले जानकानरी दिए ।

हिमपातले जनजिवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने गरेको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र फले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका(६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका(६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावितन भएको छ । ताप्लेजुङमा यो वर्ष पहिलो पटक १३ र १४ पुसमा हिमपात भएको थियो । दोस्रो २९ पुसमा हिमापात भएको थियो । तेस्रो ७ माघमा हिमपात थियो भने अहिले चौथो पटक ताप्लेजुङमा ठूलो हिमपात भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर