यहाँ ३ वटा बच्चा जन्माउनले दम्पत्तिलाई पुरस्कृत गरिने — OSNepal

यहाँ ३ वटा बच्चा जन्माउनले दम्पत्तिलाई पुरस्कृत गरिने

LC (KTM) February 06, 2022 0

काठमाडौँ । पछिल्ला दिनमा जनसंख्या ह्वात्तै घटेसँगै चीन चिन्तित बनेको छ । संसारकै सबैभन्दा ठूलो जनसंख्इा भएको देश चीनले कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको असर अहिले देखिन थालेका बेला चीनले जनसंख्इा बढाउनका लागि भन्दै विभिन्न उपायहरु अपनाउन थालेको छ ।

चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी नभएपछि चीनले तीन सन्तान नीति लागू गरेपनि योल नीति अझै प्रभावकारी हुन सकिरहेको छैन ।

चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि नदेखिएपछि चीनले दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् ।

चीन सरकारले ३ वटा बच्चा जन्माउने दम्पत्तिहरुका लागि पुरस्कारको व्यबस्था समेत गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । ३ वटा बच्चा जन्माउने दम्पत्तिलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर