स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित — OSNepal

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

LC (KTM) February 06, 2022 0

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । एट्लेटिको मड्रिडमाथि बार्साले सानदार जित निकालेको हो
।आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिकोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । क्याम्प नाउमा सुरुआती अग्रता भने एट्लेटिकोले बनाएको थियो  ।

आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए ।तर,दशौँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २१ औं मिनेटमा गाभी, ४९ औं मिनेटमा डानी अल्भेसले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।

५८ औं मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गरेपनि बार्सिलोना ४-२ ले विजयी भयो । यस्तै खेलको ६९ औं मिनेटमा अल्भेसले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।यस जितसँगै बार्सिलोनाले २२ खेलमा ३८ अंक जोडेको छ ।बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।एट्लेटिको ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर