लेस्टर सिटी एफए कप बाट बाहिरियो — OSNepal

लेस्टर सिटी एफए कप बाट बाहिरियो

LC (KTM) February 07, 2022 0

नटिंगघम फरेस्टसँग लेस्टर सिटीले हारेपछि एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नटिंगघम फरेस्टसँग चार एक गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो । खेलको २३ औं मिनेटमा फिलिपले गोल गर्दै नटिंगघमलाई सुरुआती अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा ब्रेनन जोनसनले , ३२ औं मिनेटमा जोए वोरलले र ६१ औ मिनेटमा जेड स्पेन्सले गोल गर्दै नटिंगघमको अग्रता तेब्बर बन्यो । खेलको ४० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई ३-१ को स्थितिमा ल्याएका थिए ।तर, खेलको ६१ औं मिनेटमा जेड स्पेन्सले गोल गर्दै नटिंगघमलाई ४-१ को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर