काठमाडौंबाटै पँहेलो रंगको धातुको मुर्तिसहित १७ वर्षीय किशोर समातिए, उनको साथमा थियो लाखौँ रुपैयाँ — OSNepal

काठमाडौंबाटै पँहेलो रंगको धातुको मुर्तिसहित १७ वर्षीय किशोर समातिए, उनको साथमा थियो लाखौँ रुपैयाँ

LC (KTM) February 09, 2022 0

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट एक थान पँहेलो रंगको धातुको मुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबारराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर