डोटीमा विवाहमा गएका १६ वर्षीय भानु घर फर्केनन्,खोजि गर्दा यस्तो अबस्थामा फेला परे — OSNepal

डोटीमा विवाहमा गएका १६ वर्षीय भानु घर फर्केनन्,खोजि गर्दा यस्तो अबस्थामा फेला परे

LC (KTM) February 09, 2022 0

डोटी, जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर