झोलामा ६९ लाख भन्दा बढि रुपैयाँ बोकेर लखर लखर बाटोमा हिडेका २९ वर्षीय नवराजलाई विशेष सूचनाका आधारमा बालाजुबाट समात्यो प्रहरीले — OSNepal

झोलामा ६९ लाख भन्दा बढि रुपैयाँ बोकेर लखर लखर बाटोमा हिडेका २९ वर्षीय नवराजलाई विशेष सूचनाका आधारमा बालाजुबाट समात्यो प्रहरीले

LC (KTM) February 09, 2022 0

काठमाडौं काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर