एक महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

एक महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) February 09, 2022 0

सिन्धुपाल्चोक २६ माघ । हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको ईन्द्रावती गाउँपालिका४- टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङ रहेका छन् । निजले मेलम्ची नगरपालिका(१० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेका थिए ।

मिन कुमारी र छिमेकी महिला सोही ठाउँ खहरे बगुवा दोभानस्थित सिचाईकुलो खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएको अवस्थामा कुमारले दुवै महिलालाई मुख छाडेको विषयमा मिन कुमारीले किन मुख छाडेको भन्दा कुमारले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बुधबार बिहान पक्राउ परेका उनीउपर थप शनुशन्धान अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर