शौचालयमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय पपु पक्राउ — OSNepal

शौचालयमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय पपु पक्राउ

LC (KTM) February 09, 2022 0

सर्लाही २६ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कबिलासी नगरपालिका-८ बस्ने २० वर्षीय पपु बैठा रहेका छन् । निजलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

बैठाले ती किशोरीलाई हरिवन नगरपालिका-३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर