६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी — OSNepal

६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी

LC (KTM) February 10, 2022 0

काठमाडौं, २७ माघ – ६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो । खेल बुधबार राति भएकाे हाे ।

लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए ।

बराबरिसंगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११औं स्थानमा छ । लिड्स भने २३ खेलबाट १५औं स्थानमा छ ।

यता, गय रातिनै भएको खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउदा क्रिस्टल प्यालेसले नर्विच सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । खेलमा ६०औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो ।

बराबरिसंगै प्यालेस २५ अंक सहित १३औं स्थानमा छ । नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर