श्रीमतीलाई बिदेश पठाएर १० बर्सिय छोराको आमा संग प्रेममा पागल भए बिनोद , पीडित श्रीमतीकै अगाडी भन्छन्– म ५० बर्ष जेल जान्छु बरु यो संग घरजम गर्दिन — OSNepal

श्रीमतीलाई बिदेश पठाएर १० बर्सिय छोराको आमा संग प्रेममा पागल भए बिनोद , पीडित श्रीमतीकै अगाडी भन्छन्– म ५० बर्ष जेल जान्छु बरु यो संग घरजम गर्दिन

LC (KTM) February 10, 2022 0

मोरंगको उर्लाबारीमा श्रीमती बिदेश गएको मौका छोपेर एक ब्यक्तिले अर्काे श्रीमती बिबाह गरे पछि लफडा सिर्जना भएको छ । यसरी बिबाह गर्नेमा बिनोद रोक्का रहेका छन् । उनकी श्रीमती रबिना रोका बैदेशिक रोजगारका लागि बिदेश गए पछि बिनोदले घर परिवारमा थाहा नै नदिई अर्काकी श्रीमती भगाएर बसेका थिए ।

बिनोदले यसअघि पनि आफ्नी जेठी श्रीमती रबिनालाई बिदेश बाट काम छोडेर तुरुन्तै घर आउन बारम्बार धम्कि दिने गरेका थिए । उनले बिदेश बाट एक महिना भित्र फर्किएर नआए आफ्नो खुशी गर्ने भनेर धम्कि दिने गरेको पीडित रबिनाले मिडिया सामु बताएकी छिन् । रबिना बिदेश बाट नआएपछि बिनोदले मधुमल्ला निवासी १० बर्षको छोराकी आमा सलिना दर्जी लाई भगाएर बिराटनगरमा लुकेर बसेका थिए ।

पछि रबिना बिदेशबाट आएर खोजी गर्ने क्रममा दुबै जनालाई फेला पारेकी थिईन् । पछि छलफलमा बिनोदले रबिना संग बस्न नसक्ने बरु जेल नै जानु परे पनि जाने बताएका छन् । उता पोईल आएकी सलिनाले भने बिनोदले आफ्नो श्रीमती रहेको तर डिर्भाेस गरेर बिदेशमै उतै बसेको भनेर आफुलाई फसाएको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर